तिम्रो यादमा कुरिबस्दा, पर्खाइको बेग्लई मजा,
मनमा अनेकन खुलदुलि, तड्पाईको बेग्लई मजा ।
धेरै पटक बोलाउँदा नसुने झैँ गर्ने तिमी,
बिना कारण देखाउने घुर्क्याइको बेग्लई मजा ।
रिस त्यसै हराई गयो, तिम्रो रुप देख्दा खोई,
आगमनमा फेरी आँखा सर्काइको बेग्लई मजा ।
नआउने झैँ गर्छेयौ तिमी, पछी आइदिन्छ्यौ,
आउन्न आउन्न्, आएँ आएँ, झुक्क्याइको बेग्लई मजा ।
———Mooncamp 2010 - Dhulikhel