तिम्रो रुप देखेँ मैले, अलिकती मात लाग्यो, बोलेको नि छैन प्रिया, किन त्यसै बात लाग्यो । अक्कल्झुक्कल, कहिले काहिँ, तिम्रो रुप देख्छु मैले, किन प्रिया, यती धेरै सम्झनाको खात लाग्यो । मि~~ठो, मि~~ठो कल्पीबस्दा, सपनीमा आयौ तिमी, कोल्टे फेरेँ छैनौ तिमी, कती लामो रात लाग्यो । परबाट झुल्केयौ तिमी, क्याबात अनुहार तिम्रो, टाढैबाट देखेँ मैले, सार्है राम्रो हात लाग्यो । तिमी लाई सम्झी बस्दा कुत्कुत्याँउछ मन हजुर्, अनौठो यो पृतको सार्है मिठो जात लाग्यो |