यती मिठो संगित धुन मसँग नि गाउ प्रिया, सपनिमा मात्रै किन, बिपनिमा आउ प्रिया । मेरो रुप देख्दा तिमी, तर्की तर्की हिँड्ने गर्छयौ, दुख्छ सार्है, त्यसो गर्दा अजङ्गको घाउ प्रिया । कती राम्रो, कालो चुल्ठो, फुल किन नसिउरेको? गुराँस टिपी ल्याएको छु, कपालमा लाउ प्रिया । जिन्दगीको लामो बाटो, एक्लै हिँड्न सकिँदैन्, प्रितको त्यो मिठो कसम मसँग नै खाउ प्रिया । घरका खाँवा, भित्ताहरु तिमीलाई नै खोजिराछन्, ईश्वरको घरमा पनि राख तिम्ले पाउ प्रिया ।