अनौँठो यो प्रहर सबै लुकाएर जाउ, अमर प्रेमको लहर सबै लुकाएर जाउ । फस्ल्याङ्ग फुस्लुङ्ग पारिदिने दुनियाँ छ है प्रिया, थुत्लान फेरी खबर सबै लुकाएर जाउ । भलो होस भन्ने नै दुनियाँ पो कहाँ छ र, आउलान खोज्न शहर सबै लुकाएर जाउ | हेरेर नै अघाउने जमना त निख्रे बरै, नसालु ति नजर सबै लुकाएर जाउ |