सकिएन मित्रहरु सकिएन, अक्षर बचाउनै सकिएन । आजै विहान घरको छतमा उक्लेर किताब खोलेको के थिएँ, एक हुल चराहरु, मै माथिबाट गए, चिर्विर गर्दै । हेरिरहेँ एकटकले, किताबका अक्षरहरु पनि पो सँगै उडेर गएछन चराहरुसँगै । खै किन हो ! बस्न पटक्कै मानेन, अक्षरहरु! किताब भित्र कोचिएर । खाली खाली भयो पुस्तक मलाई माफ गर्नु मित्रहरु बसाल्न सकिन मैले अक्षरहरुलाई उनिहरुकै स्थानमा लेख्छु, उडेर भागिहाल्छ्न स्वतन्त्रता खोज्दै चराहरुसँग् | खुल्ला आकाश, किताब र अक्षर सँगै बस्दारहेनछन, अक्षर बचाउनै भए पनि म बन्द कोठ खोज्दै छु अचेल ।