म बाँचिरहेछु, आँफ्नै अस्तित्व खोज्न आँफैलाई पगालेर प्रेम खोज्दैछु हराएको चिन्तन जस्तै प्रेम सग्लो नहुँदो रहेछ | भेटिए जस्तै लाग्ने अदृश्य बनेर घुमिरहँदो रहेछ आँफ्नै वरिपरि आँफैलाई गिज्याउँदै नवयुगका स्वतन्त्र विचार जस्तै जताततै सल्बलाँउदो रहेछ प्रेम |